पोखरा, २१ असार । नेपालमा थप २ सय ९३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घन्टामा ४ हजार ७ सय ३० पीसीआर परीक्षण भएको छ । हालसम्म कुल २ लाख ५१ हजार ७ जनाको पीसीआर परीक्षण भएको छ भने ३ लाख १० हजार ३ सय जनाको आरडीटी परीक्षण भएको छ । त्यसैगरी क्वारेन्टाइनमा ३१ हजार ५ सय ७३ जना रहेका छन् । यस्तै आइसोलेसनमा ९ हजार २ सय ३० जना संक्रमितहरु उपचाररत रहेका छन् ।
पछिल्लो २४ घन्टामा १ सय ३२ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ६ हजार ५ सय ३० पुगेको छ ।