पोखरा, २१ असार । गण्डकी प्रदेशमा थप ५ जनामा कोरोनो संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले साँझ जारी गरेको अध्यावधिक विवरण अनुसार संक्रमितहरु पोखराका २ सहित लमजुङ, गोरखा र बागलुङका एक ÷ एक जना गरी ५ जना रहेका छन् ।
कोरोना पुष्टि भएका पोखराका २ महिला कुवेतबाट आएको खुलेको छ । दुवै महिला कुवेतबाट १२ दिन पहिले पोखरा आइपुगेको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा स्रोतले जनाएको छ ।
संक्रमित दुवै जना पोखरा ३ नदीपुरस्थित पद्म नर्सिङ होममा महानगरले बनाएको क्वारेन्टाइनमा बसेकाहरु हुन् ।
पोखराबाहेक लमजङ राइनास नगरपालिकाका, गोरखाका गोरखा नगरपालिका र बागलुङका ढोरपाटन नगरपालिकाका १÷१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
योसहित गण्डकी प्रदेशमा कोरोना पुष्टि हुनेको संख्या १ हजार ९६ पुगेको छ ।