पोखरा, २२ असार । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या विश्वभर गरी एक करोड १४ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार सोमवार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड १४ लाख ८ हजार ९८१ पुगेको छ ।
त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ३३ हजार ६ सय ७२ रहेको छ । त्यस्तै संक्रमण पुष्टि भएकाहरुमध्ये ६१ लाख ६० हजार ८ सय ३३ निको भएका छन् ।
सबैभन्दा धेरै संक्रमित अमेरिकामा देखिएका छन् । अमेरिकामा अहिलेसम्म २८ लाख ७९ हजार ८ सय ३० संक्रमित फेला परेका छन् भने संक्रमणबाट १ लाख २९ हजार ९ सय ४ जनाको मृत्यु भएको छ ।
दोस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या १६ लाख ३ हजार ५५ पुगेको छ । त्यस्तै ब्राजिलमा ६४ हजार ८ सय ६७ जना संक्रमणबाट ज्यान गुमाएको छ ।
त्यसै गरी तेस्रो स्थानमा रहेको रुसमा ६ लाख ८० हजार २ सय ८३ जना संक्रमित छन् । रुसमा कोरोना संक्रमणबाट हालसम्म १० हजार एक सय ४५ जनाले ज्यान गुमाएको छ ।
कोरोना भाइरसको संक्रमणको हिसाबले भारत अमेरिका, ब्राजिल र रुसपछि चौथो स्थानमा रहेको छ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ७३ हजार एक सय ६५ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ हजार २ सय ६८ पुगेको छ । भारतमा संक्रमण पुष्टि भएकामध्ये करिब ४ लाख ९ हजार ८३ जना निको भएका छन् ।