नेकपा स्थायी समिति बैठक २४ गतेसम्मलाई स्थगित

-


     मर्दी न्युज    
     २२ असार २०७७ मा प्रकाशित


काठमाडौं, । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज राखेको स्थायी कमिटी बैठक २४ गतेसम्मको लागि पुनः स्थगित भएको छ । बिहीबार केहीबेर बसेर स्थगित भएको बैठक पार्टी एकतामा गम्भीर संकट देखा परेको र संकटबाट जोगाउन शनिबारसम्मका लागि दुवै अध्यक्ष र अरु नेताहरुले प्रयास गर्ने भन्दै एक दिनको समय राखेर बैठक स्थगित गरिएको भएको थियो । शनिवारसम्म पनि संकट समाधानको सूत्र फेला नपरेपछि बैठक फेरि दुई दिनपछि सरेको थियो ।

दुई अध्यक्षले पार्टीमा जारी गतिरोध अन्त्य गर्न नसकेका कारण आज सोमवारसम्मको लागि बोलाइएको बैठक पुनः स्थगित गरि २४ गते ११ बजेलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपाको प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

गतिरोध अन्त्य गर्नका लागि अध्यक्ष पुष्पकमल दाहाल पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटार पुगेका छन्।

दुई अध्यक्षले पार्टीमा जारी गतिरोध अन्त्य र स्थायी कमिटिका लागि सहमति जुटाउने प्रयास गर्ने ठानिएको छ। यसअघि हिजो आइतबार दुई अध्यक्षबिच गतिरोध अन्त्यका लागि छलफल भएपनि ठोस सहमतिमा पुग्न सफल भएको छैन ।