गण्डकी प्रदेशमा कोरोना संक्रमित ११ सय नाघ्यो

-


     मर्दी न्युज    
     २२ असार २०७७ मा प्रकाशित


पोखरा, २२ असार । गण्डकी प्रदेशमा सोमवार दिउँसो पोखराका एकसहित १७ जना कोरोना संक्रमित पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या ११ सय १३ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको स्वाब परीक्षणमा गण्डकी प्रदेशमा १७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

कास्कीको पोखरा महानगरपालिकाकी १ जना ५१ वर्षीय महिला सहित प्रदेशभर १७ जना संक्रमित थप भएको प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

संक्रमितहरुमा लमजुङ बेसीसहरमा ३, सुन्दरबजारमा ३ राइनासमा १, क्होलासोथरमा २, दोर्दीमा २, मध्यनेपालमा १ जना गरी ११ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । त्यस्तै बागलुङ ढोरपाटनकी २१ वर्षीय १ जना महिला र बडीगाड र काठेखोलाका २÷२ पुरुषमा गरी ५ जनामा संक्रमण पुष्टि भएको निर्देशक शर्माले जानकारी दिए ।

संक्रमित सबैलाई उपचारका लागि आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।



Tags: