नेपाल वायुसेवा निगमको चालक दलका ७ जनामा कोरोना संक्रमण

-


     मर्दी न्युज    
     २२ असार २०७७ मा प्रकाशित


काठमाडौं । नेपाल वायुसेवा निगमका ७ जनालाई कोरोना संक्रमण देखिएको छ । सोमबार आएको पीसीआर परीक्षण रिपोर्टमा चालक दलका ७ जनामा कोरोना पोजिटिभ देखिएको निगमका अपरेशन विभाग प्रमुख दीपु ज्वारचनले जानकारी दिए ।

उनीहरु विदेशबाट नेपालीलाई ल्याउन गरिएको उद्धार उडानमा संलग्‍न चालक दलका सदस्य हुन् । निगमले उनीहरुलाई सोल्टी होटलमा बनाइएको क्वारेन्टाइनमा राखेको छ ।



Tags: