पोखरा, १३ असार । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार थप एक जनाको मृत्यु भएसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३५ पुगेको हो ।
बागलुङ जिल्ला निसीखोला गाउँपालिका २९ वर्षीय एक पुरुषको कोरोना संक्रमणकै कारण मृत्यु भएको सोमवार मन्त्रालयले पुष्टि गरेको हो । प्रवक्ता गौतमका अनुसार केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टाइनमा आई बसेका उनको आइतबार मृत्यु भएको थियो ।
२९ वर्षीय उक्त पुरुष मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए ।