कांग्रेस महाधिवेशन फागुन ७ देखि काठमाडौंमा

-


     मर्दी न्युज    
     २२ असार २०७७ मा प्रकाशित


काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशन फागुनमा गर्ने निर्णय गरेको छ। काँग्रेसले फागुनको ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण तीन महिना पार्टीका सबै गतिविधि ठप्प भए पनि केन्द्रीय महाधिवेशन भने यसअघि तोकिएकै मितिमा गर्ने पार्टीको केन्द्रीय समिति बैठकले निर्णय गरेको हो ।

केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकले प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहको अधिवेशनको तालिका भने परिमार्जन गर्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको नियमित चार वर्षे कार्यकाल गत फागुनमै सकिएको थियो। विधानकै व्यवस्थाअनुसार सभापति देउवाले एक वर्ष कार्यकाल थपेका थिए।