काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद चुलिएका बेला चिनियाँ राजदूत होऊ यान्छीले नेकपाका नेताहरुसँग भेटवार्ता बढाएकी छन्। सोमबार बरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेकी राजदूत यान्छीले मंगलबार बरिष्ठ नेता झलनाथ खनालसँग भेटेकी छन्।
बरिष्ठ नेता खनाललाई भेट्न राजदूत यान्छी डल्लु पुगेकी छन्। राजदूत यान्छीले करीब ४५ मिनेट भेटवार्ता गरेकी छन्। भेटवार्तामा राजदूत यान्छीले पार्टीभित्र देखिएको विवादबारे चासो राखेकी छन्।
फुटको नजिक देखिएको नेकपाका शीर्ष नेताहरुसँग राजदूत यान्छीको भेटवार्तालाई महत्वका साथ हेरिएको छ।