पोखरा, २३ असार । पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ ।
पछिल्लो २४ घन्टामा पीसीआर परीक्षण ६ हजार १३३ जनाको परीक्षण गरिएको छ । हालसम्म २ लाख ६१ हजार ८६१ जनाको पीसीआर भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या २५ हजार ७२७ र आइसोलेसनमा रहनेको संख्या ८ हजार ६३४ जना रहेको छ ।