पोखरा, २४ असार । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या विश्वभर गरी एक करोड १७ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार बुधवार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड १७ लाख ९७ हजार २१३ पुगेको छ ।
त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ४२ हजार ४ सय ६३ रहेको छ । त्यस्तै संक्रमण पुष्टि भएकाहरुमध्ये ६४ लाख १५ हजार ३ सय ७९ निको भएका छन् ।
सबैभन्दा धेरै संक्रमित अमेरिकामा देखिएका छन् । अमेरिकामा अहिलेसम्म २९ लाख ९१ हजार ३ सय ५१ संक्रमित फेला परेका छन् भने संक्रमणबाट १ लाख ३१ हजार ५ सय ९९ जनाको मृत्यु भएको छ ।
दोस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या १६ लाख ६८ हजार ५ सय ८९ पुगेको छ । त्यस्तै ब्राजिलमा ६६ हजार ७ सय ४१ जना संक्रमणबाट ज्यान गुमाएको छ ।
त्यसै गरी तेस्रो स्थानमा रहेको भारतमा ७ लाख १९ हजार ६ सय ६४ जना संक्रमित छन् । भारतमा कोरोना संक्रमणबाट हालसम्म २० हजार एक सय ५९ जनाले ज्यान गुमाएको छ ।
कोरोना भाइरसको संक्रमणको हिसाबले रुस अमेरिका, ब्राजिल र भारतपछि चौथो स्थानमा रहेको छ । रुसमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ९३ हजार २ सय १५ पुगेको छ ।