एजेन्सी । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो कोरोना भाइरसबाट संक्रमित भएका छन् । सोमबार उच्च ज्वरो आएपछि उनले कोरोना भाइरसको परीक्षण गराएका थिए । मंगलबार आएको रिपोर्टमा उनमा कोरोना पोजिटिभ देखिएको हो । परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ पाइएको बीबीसीले जनाएको छ ।
राष्ट्रपति बोलसोनारोले कोरोना भाइरसलाई सामान्य रुपले लिँदै यसअघि पनि पटक–पटक डराउनु नपर्ने बताउँदै आएका थिए । उनले कोरोना महामारीलाई पटक–पटक सामान्य रुपमा मात्रै लिएको अभिव्यक्ति दिइरहेका छन् । उनले कोरोना भाइरसको संक्रमणलाई सामान्य ज्वरोको पनि संज्ञा दिएका थिए ।
उनले सार्वजनिक स्थानमा जाँदा मास्क पनि लगाउँदैनथे । धेरै स्थानमा उनी विना सामाजिक दुरी र विना मास्कमा देखिएका छन् ।