गण्डकी प्रदेशमा ३ जना कोरोना संक्रमित थपिए

-


     मर्दी न्युज    
     २४ असार २०७७ मा प्रकाशित


पोखरा, २४ असार । गण्डकी प्रदेशमा बुधवार ३ जना नयाँ कोरोना संक्रमित पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय १६ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएका हुन् ।


संक्रमितहरुमा बागलुङ गलकोटका १ जना, म्याग्दी बेनीका १ जना र तनहुँ म्याग्दे गाउँपालिकाका १ जना गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । संक्रमित सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डा. शर्माले जनाए ।



Tags: