बैंक कर्जाको किस्ता र ब्याज भुक्तानीमा सहजीकरणका लागि पोखरा पर्यटन परिषदको आग्रह

-


     मर्दी न्युज    
     २४ असार २०७७ मा प्रकाशित


बैंक कर्जाको किस्ता र ब्याज भुक्तानीमा सहजीकरण गर्ने सम्बन्धमा पोखरा पर्यटन परिषदले प्रेस बिज्ञप्ती जारी गरेकोछ।

विश्वभरि नै फैलिरहेको कोरोना भाईरस (कोभिड–१९)महामारीको प्रकोपले नेपाल पनि आक्रान्त भएकोछ। नेपाल कोभिड-१९ को उच्च जोखिममा परेको राष्ट्र हो। यसले नेपालको मानव स्वास्थ्यमा मात्र नभई आर्थिक क्षेत्रमा पनि ज्यादै नकारात्मक प्रभाव परेको छ। कोरोना भाइरसको नियन्त्रण गर्न नेपाल सरकारले २०७६ चैत्र ११ गते बाट गरेको बन्दाबन्दीको कारणले आजका मितिसम्म जनजिवन सामान्य बन्न नसकी रहेको अवस्थामा आर्थिक चलायमान शुन्य छ । मिति २०७७ आषाढ १ गते देखि सरकारले बन्दाबन्दी केही खुकुलो बनाए पनि पर्यटन क्षेत्र हालसम्म पनि बन्दाबन्दि कै अबस्थामा छ । किनकि जबसम्म नियमित रुपमा अन्तरराष्ट्रिय हवाई तथा स्थल नाकाहरु सहज हुन संदैनन , तबसम्म पर्यटन क्षेत्रको अवस्था यस्तै नै हुनेछ। सरकारले लकडाउनलाई केहि खुकुलो पर्दा अन्य स्थानीय बजारमा केहि सकारात्मक प्रभाव पारेता पनि पर्यटनको आर्थिक पाटोमा कत्ति पनि सकारात्मक प्रभाव परेको छैन। सहज परिस्थितिमा नियमित रुपमा आफ्नो बैंक वित्तीय संस्था लगायतका सबै क्षेत्रको दायित्व बहन गर्दै आएका व्यवसायी हरुले अहिले किस्ता र ब्याज भुक्तानी गर्न नसक्नुको कारण व्यवसायीहरु नभई विषम परिस्थितिको कारण सरकारले गर्नु परेकों बन्दाबन्दि नै हो। बिदेशमा सो अवधि भरको सम्पूर्ण दायित्व सरकारले नै बेहोरेका थुप्रै उदाहरण सुन्न र पढ्न पाइन्छ।

फोटोः मनशान्त घिमिरे

पोखरा पर्यटन परिषदको समन्वयमा बिगतमा पनि नेपाल सरकारका विभिन्न निकायमा पर्यटन व्यवसायीहरुले लिएको कर्जाको किस्ता तथा ब्याज लाइ परिस्थिति सामान्य नहुँदासम्म पुनर्तालिकीकरण, पुँजीकरण गर्न तथा पुनर्कर्जाको माध्यम बाट ब्याज घटाउन अनुरोध गरिएको थियो त्यस क्रममा राजधानीमै गएर अर्थमन्त्रि ,उपप्रधान मन्त्रि ,पररास्ट्र मन्त्रि ,गवर्नर लगायतलाई भेट गरेर अनुरोध पत्र दिइएको थियो भने मुख्यमन्त्रि लगायत प्रदेश सरकारलाई पनि औपचारिक अनुरोध गरिएको थियो ।

यस माहामारीको अन्त्य नभई मानिसहरु एक स्थानबाट अर्को स्थानमा सहज रुपमा आवत जावत गर्ने अबस्था नरहे सम्म व्यबसाय शुचारु हुने अबस्था छैन । यस विषम परिस्थितिमा पर्यटन व्यवसायीहरुले बैंक वित्तीय संस्थाबाट विभिन्न शिर्षकहरुमा लिएका कर्जाको किस्ता र व्याज भुक्तान गर्ने अवस्था नभएकोले सबै बैंक वित्तीय संस्थाबाट पर्यटन व्यवसायीले लिएको कर्जाको २०७७, आषाढ मसान्त सम्म हुन आउने किस्ता र व्याज रकम समायोजन गरि पुँजीकरण गरि पुनर्तालिकीकरण गर्नुपर्ने अवस्था छ।

फोटोः मनशान्त घिमिरे

तर बैंक वित्तीय संस्थाबाट किस्ता ब्याज तिर्न निकै कडा रुपले ताकेता गरेको अवस्था छ। आर्थिक परिस्थिति सामान्य हुँदा साथ सबै दायित्व हरुलाई सहज रुपले बहन गर्ने नै छौ अबका दिनमा पनि व्यवसायीहरुलाई कर्जा भुक्तान गर्न ताकेता गरी मानसिक तनाव नदिनु हुन अनुरोध गर्दछौं ।

अन्त्यमा व्यवासायीहरुको आग्रहलाई सम्बोधन नभएमा व्यवसायीहरुले आफ्नो व्यवसायको तालाचावी सम्बन्धीत बैकहरुलाई नै बुझाउन बाध्य हुने जानकारी गराइन्छ भन्ने बिबरण सहितको प्रेस बिज्ञप्ति आज लेकसाइड स्थित माउन्ट कैलाश रिसोर्टमा आयोजित प्रेस मिटमा बताइएको छ। नेपाल पत्रकार महाशंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायत पत्रकारहरुले सोधेका प्रश्नहरुको परिषद का अध्यक्ष चिरञ्जीवी पोखरेल, उपाध्यक्ष गोपि भट्टराई , महासचिव दिल गौतम तथा पुर्व अध्यक्ष गणेशबहादुर भट्टराईले दिनुभएको थियो।

फोटोः मनशान्त घिमिरे