तोकिएका अस्पतालबाहेकले कोरोना परीक्षणको शुल्क लिए कारबाही

-


     मर्दी न्युज    
     २४ असार २०७७ मा प्रकाशित


पोखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकिएका अस्पतालबाहेकले शुल्क लिएर पिसिआर परीक्षण गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा केही स्थानीय तहहरूलाई शुल्क माग गरेको बताउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै कारबाहीको चेतावनी दिएको हो ।

प्रवक्ता गौतमले कोरोनाको पीसीआर परीक्षण सरकारको खर्चमा भइरहेको बताउँदै यदि कुनै पनि निकायले शुल्क लिइएको पाइए नियमानुसार कारबाही गरिने बतााए ।