कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ४८ हजार नाघेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ४८ हजार ७९९ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
कोरोना संक्रमणबाट सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ भने दोस्रोमा ब्राजिल छ । अमेरिकामा हालसम्म कोरोनाका कारण १ लाख ३२ हजार २५६ जनाको ज्यानको गइसकेको छ भने ब्राजिलमा ६७ हजार ९६४ जनाको ज्यान गएको छ ।
चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर हालसम्म एक करोड २० लाख ७ हजार ३२७ जना संक्रमित भइसकेका छन् । सबैभन्दा धेरै अमेरिकामा ३० लाख ५१ हजार ४२७ जनामा संक्रमणको पुष्टि भइसकेको छ । त्यस्तै अमेरिकापछि धेरै संक्रमित हुने देशमा ब्राजिल परेको छ । ब्राजिलमा हालसम्म १७ लाख १३ हजार १६० जना संक्रमित भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
त्यस्तै अमेरिका र ब्राजिल पछि धेरै संक्रमितको तेस्रो स्थानमा रहेको भारतमा ७ लाख ४२ हजार ४१७ जनामा पुष्टि भइसकेको छ ।
विश्वभर कोरोना संक्रमण भई उपचार पछि घर फर्किनेको संख्या ६५ लाख ३९ हजार ९९ जना पुगेको छ । उपचारपछि निको भइ घर फर्किनेमा ब्राजिलमा सबैभन्दा धेरै छन् । ब्राजिलमा ११ लाख १७ हजार २९ जना निको भई घर फर्किसकेका छन् भने अमेरिकामा ९ लाख ५३ हजार ४२० रहेको उक्त विश्वविद्यालयले जनाएको छ ।