सभामुखलाई लिएर सिन्धुपाल्चोक उडेको हेलिकप्टर धुलिखेलबाट फर्कियो

-


     मर्दी न्युज    
     २५ असार २०७७ मा प्रकाशित


सभामुख अग्निप्रसाद सापकोटालाई लिएर सिन्धुपाल्चोक उडेको हेलिकप्टर काभ्रेको धुलिखेलबाट फर्किएको छ।

प्रतिकूल मौसमका कारण धुलिखेलको आकाशबाट हेलिकप्टर फर्काउनुपरेको सभामुखको सचिवालयले जनाएको छ।

गए राती सिन्धुपाल्चोक बाह्रबीसे क्षेत्रमा गएको पहिरोले सडकमार्गसमेत अवरूद्ध भएको भन्दै सभामुख सापकोटा सहितको टोली नेपाली सेनाको हेलिकप्टरमा बाह्रबीसेतर्फ उडेका थिए।