पोखरा, २५ असार । गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा र भरतपुरमा गरिएको परीक्षणमा प्रदेशका ७ जिल्लाका २० जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ११ सय ४९ पुगेको छ । संक्रमितहरुमा पोखरा महानगरपालिकाका ४ जना, तनहुँका १ जना, म्याग्दीका २ जना, बागलुङका २, नवलपुरका ४, लमजुङ ५, गोरखा २ रहेका छन् ।
संक्रमितमध्ये ३ सय ८६ जना निको भएर घर फर्किएका छन् भने ४ जनाको मृत्यु भएको छ ।