पोखरा, २५ असार । नेपालमा थप १ सय ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।
प्रवक्ता गौतमका अनुसार हालसम्म कुल २ लाख ७१ हजार १ सय ४५ जनाको पीसीआर परीक्षण भएको छ । त्यसैगरी हालसम्म आरडीटी विधिबाट ३ लाख १२ हजार ४ सय २ जनाको परीक्षण भएको छ ।
त्यसैगरी क्वारेन्टाइनमा २४ हजार ४ सय २५ जना रहेका छन् । यस्तै आइसोलेसनमा ८ हजार ६ सय ५ जना संक्रमितहरु उपचाररत रहेका छन् । पछिल्लो २४ घन्टामा १ सय ३९ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ७ हजार ८ सय ९१ पुगेको छ ।