गण्डकी प्रदेशमा थप १३ जनामा संक्रमण पुष्टि, प्रदेशभर ६३३ निको भई घर फर्के

-


     मर्दी न्युज    
     २६ असार २०७७ मा प्रकाशित


पोखरा, २६ असार । गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रवार बिहान १०ः२० बजेको अध्यावधिक विवरण अनुसार प्रदेशको ५ जिल्लाका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रवार संक्रमण पुष्टि भएकाहरुमा तनहुँका ८ जना, पर्वत १, बागलुङ १, गोरखा १ र नवलपुरका २ जना रहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या एक हजार एक सय ६२ पुगेको छ ।

यस्तै गण्डकी प्रदेशमा संक्रमण पछि निको भई घर फर्किनेको संख्या ६ सय ३३ पुगेको डा. निर्देशक शर्माले जनाए ।



Tags: