अविरल वर्षापछि रामघाटलगायत विभिन्न ठाउँमा पानीको सतह बढ्यो (फोटो फिचर)

-


     मर्दी न्युज    
     २६ असार २०७७ मा प्रकाशित


तस्विरः मनशान्त घिमिरे

पोखरा । अविरल वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढेको छ । पानीको सतह बढ्दा नदी छेउछाउ रहेका स्थानीय त्रसित छन् । पोखराको रामघाटमा राती पानीको सतह निकै माथि आएको थियो । स्थानीयका अनुसार अहिलेसम्मकै दोस्रो पटक यस्तो अवस्था आएको हो । अहिले पानीको सतह धेरै घटिसकेको र अझै घट्ने क्रममा रहेपनि पानी परिरहेकोले बस्तीसम्मै पानी आउने हो कि भनेर अझै त्रसित छन् । यस्तै वर्षा भइराखे बस्ती डुबानमा पर्ने सम्भावना रहेको उनीहरु बताउँछन् ।

त्यस्तै पोखरा–१२ स्थित कमलपोखरीमा बाढीले गर्दा स्थानीय घरहरुमा पानी पसेको छ । त्यस्तै पोखराका विभिन्न क्षेत्रमा पहिरोको कारण ज्यान गुमाएका छन् भने बस्ती आसपासमा पनि भेल पसेको छ ।

तस्विरमा हेरौं पोखरा रामघाटलगायत विभिन्न भागका डुबान तथा बाढी ।

रामघाटका तस्विरः मनशान्त घिमिरे
पोखरा १२ स्थित कमलपोखरीको वस्ती । तस्विरः सुनिता गुरुङको फेसबुकबाट
निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वीभाग । तस्विरहरुः हेमन्त ढकाल ।
पोखरा १३ स्थित विजयपुर खोला । तस्विरः मिलन बराल
शुक्लागण्डकी नगरपालिका ८ र ४ जोड्ने पुल । तस्विरः लोकनारायण श्रेष्ठ
पोखरा–२९ स्थित डुबानमा परेको शिशुवा क्षेत्र । तस्विरः अमृत पौडेल
तस्विरः अमृत पौडेल