![](https://i0.wp.com/mardinews.com/wp-content/uploads/2020/03/silver-gold_20191222070026.jpg?fit=1000%2C579&ssl=1)
पोखरा, २६ असार । नेपाली बजारमा सुनको मूल्य ९२ हजार दुई सय पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै शुक्रवार नेपालमा सुन तोलाको ९२ हजार २ सय रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुनका मूल्य ९१ हजार ७ सय ६० छ । चाँदीको भने तोलाको ९८० रुपैयाँ तोकेको छ ।
महासंघका अनुसार हाल भइरहेको नेपाली मुद्राको अवमूल्यन र राजश्व अभिवृद्धिले सुनको मूल्य थप उच्च बिन्दुमा पुगेको हो ।
अन्तर्राष्ट्रिय बजारमा बुधवारको कारोबारमा सुनको भाउ प्रतिऔंस १ हजार ८०० डलरमाथि उक्लिएको थियो ।
सुनको भाउले यो स्तर पार गरेको सन् २०११ यता यो पहिलो पटक हो । विश्वभर कोरोना भाइरसको संक्रमण तीव्र दरमा फैलिने चिन्ता बढेसँगै सुरक्षित लगानीका साधन रुपमा लिइने सुनप्रति लगानीकर्ताहरुको आकर्षण बढेको छ ।
यस वर्षको अहिलेसम्मको अवधिमा सुनको भाउ करीब १९ प्रतिशतले बढिसकेको छ । कोभिड–१९ को महामारीका कारण उत्पन्न स्वास्थ्य, वित्तीय र आर्थिक अनिश्चय र यस पछिको अवस्थाले सुनको भाउलाई सन् २०२१ मा पनि टेवा दिने एचएसबीसीले एक नोटमा भनेको छ ।