थप ११८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार ६४९ पुग्यो

-


     मर्दी न्युज    
     २६ असार २०७७ मा प्रकाशित


पोखरा, २६ असार । नेपालमा थप १ सय १८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

प्रवक्ता गौतमका अनुसार हालसम्म कुल २ लाख ७५ हजार ९ सय ५१ जनाको पीसीआर परीक्षण भएको छ । त्यसैगरी हालसम्म आरडीटी विधिबाट ३ लाख १२ हजार ४ सय २ जनाको परीक्षण भएको छ ।

त्यसैगरी क्वारेन्टाइनमा २३ हजार ९ सय १० जना रहेका छन् । यस्तै आइसोलेसनमा ८ हजार ६ सय ३ जना संक्रमितहरु उपचाररत रहेका छन् । पछिल्लो २४ घन्टामा १ सय २० जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ८ हजार ११ पुगेको छ ।



Tags: