कास्कीका पहिरो पीडित परिवारलाई १ लाख राहत, घाइतेको निशुल्क उपचार गर्ने

-


     मर्दी न्युज    
     २६ असार २०७७ मा प्रकाशित


पोखरा, २६ असार । अबिर वर्षसँगै आएको पहिरोको कारण ज्यान गुमाएका परिवारलाई एक लाख राहात उपलब्ध गराउने विपद व्यवस्थापन समिति कास्कीले निर्णय गरेको छ ।

शुक्रवार कास्कीका विभिन्न ठाउँमा पहिरो गई जनधनको क्षति पश्चात आपतकालीन बैठकमार्फत राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालको अध्यक्षतामा भएको बैठकले ज्यान गुमाएका परिवारलाई तत्काल १ लाख रुपैयाँ नगद उपलब्ध गराउने निर्णय गरेको हो । यसैगरी राहतसँगै समितिले पीडित घरपरिवारलाई सरकारी मापदण्डअनुरुप थप राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

त्यस्तै, बैठकले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । पहिरोमा परी घाइते भएकाहरुलाई राहतसम्बन्धी मापदण्डअनुसार सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

अविरल वर्षाका कारण पोखराका विभिन्न ठाउँमा पहिरो गई ७ जनाले ज्यान गुमाएको छ ।