पूर्वको कर्णालीमा कोरोनाको भन्दा बढी डर बाढीपहिरोको

-


     मर्दी न्युज    
     असार २७ गते २०७७ मा प्रकाशित


दावा छिरीङ लामा
भोटखोला गाऊँपालिका , संखुवासभा । विकासको नाममा जताततै डोजरले बाटो खन्दा पहाडी भेकका धेरै गाउँहरु पहिरोको उच्च जोखीममा देखिन्छन् र यस्तै समस्या संग जुधिरहेको छन् सङ्खुवासभा जिल्लाको अति दुर्गम पूर्बको कर्णाली भनेर चिनीने भोटखोला गाउँ पालिका वडा न –३ हुङगुङका ६० घरधुरी भन्दा बढि परिवारहरु

बिगतमा पनि जब वर्षा सुरुहुन्छ यि परिवारहरु रातभरी अनिदो बसी रात काट्नु बाध्य थिए। अब फेरी बर्षा सुरुभए संगै घर पहिरोले लान्छकी भनि मनमा पिर र डर लिएर रातभरी अनिदो बस्ने दिन सुरुभएको र केही दिन अघि मात्र चेदेन टोलका वाजीन भोटे त बिस्थापित नै भई सकेको छन। हुङगुङ् सरोकार समिति ले ठेकेदार संग कुरा अघि बढाउदा पनि होम पाईपलाइनहरु नराखिएकोले थप जोखिममा परेको र जिल्ला प्रसासन देखी गाउपालिका कार्यालयसम्म ध्यान आकर्षण गरिसकिएको छ तर वान्जीन भोटे को घर बाढ़ी पहिरोकै कारण ले चर्की बिस्थापित हुनु पर्दा गाउले हरु थप पिडामा छन र जनधनकों सुरक्षा को माग गरियोस भनि गाउघरका बुद्धिजिबीहरु लाई अनुरोध समेत गरेको छ।

गाऊकोबिच बिचमा ४ वटा खोल्साहरु भएको ले धोम्सीमा खोल्सा, कालुङमा खोल्सा,आक्चु खोल्सा र घेचाक् खोल्साले बिगतमा पनि खेती योग्य बारीहरु कटान गरी लगिए संगै धेरै गहीरो कटान गरी झोलोङ्गे पुल नै हाल्नु पर्ने परिस्थिति मा पुगी सकिएको र पल्लोघर र वल्लो घरमा आउन जान पनि निक्कै गार्‍हो भई सकेको छ बिगतका दिन मा खुट्टाले नाघेर जान सक्ने खोल्सा अहिले झोलोङगे पुलनै थाप्नुपर्ने देखिदा गाउँले संगै त्यहाँका जनप्रतिनिधि हरुपनि चिन्ता मा छन् र वडा बाट केहीबजेटहरु निकाशा गरी तारजाली वालहरु लगाई रोक्ने कोसीस हरु भए पनि निक्कै गहिरो भई सकेको र बाढि पहिरोले बगाई हाल्ने भएको ले पितापुर्खा देखी बसी आएको घरहरु आफ्नै आँखा अघिबाट पहिरोले लाने भो भनि पानी पर्योकी बत्ती बाली रातभर ड्युटी नै बस्नुपर्ने बाहेकको आर्को बिकल्पपनि नरहेको र कुनै बेला पानी पर्यो की सुरक्षित घरहरुमा शरण लिएर धेरै रातहरु काटेका र अब पनि त्यो समय सुरुभएको ले हुङ्गुङ् बासीहरु ठुलो पिर चिन्तामा छन् ।अब केही बर्षमा सबै घरहरु सुरक्षित ठाउँमा सार्नु बाहेक् अरु बिकल्प पनि देखिदैन र बिगतमा बाढी पहिरोले डुबाएका घरहरुअहिले पनि उद्गार नै नभई डुबानमै रहेको अहिले पनि देख्न सकिन्छ र घरको आगन हरु ठाउँठाउँमा भासिएको र त्यस माथी थप जोखिम थपिएको छन् गाउको सिरानबाट बहुप्रतिक्षित जोगबनी–किमाथांका सडक गजुरमुखी कम्पनीले ठेक्का लिई डोजर ले ट्याक् खन्दा बाटो आउनु त गाउले हरुकोलागी खुसीकै कुराहो तर यि खोल्साहरुमा बेलैमा होम पाईपहरु नराख्दा वरिपरि का पानीहरु संगैथप माटो हरु बगाई भेल बनि यि ४ खोल्साहरु आउदा थप जोखिम बढेको ले सडक् सरोकार समितिले होम पाईप हरु तुरुन्त राख्न लाई ठेकेदार कम्पनी लाई दबाब दिएका छन् तर काम सुरु गरिएको देखिन्दैन । र यो भोटखोला गाउँ पालिकाको सबै भन्दा ठुलो गाउँ र ग्रेट हिमालय ट्रएलको एक क्याम्प पनि यहि गाउँमा पर्ने भएकोले राज्यले छिट्टो भन्दा छिटै यि घरधुरीहरु लाई सुरक्षित ठाऊमा बस्तीबिस्तार गर्नु पर्ने र ज्यान धनको सुरक्षा राज्यले गर्नु पर्ने दायित्व देखिन्छ।