थप ७० जनामा कोरोना संक्रमण पुष्टि, पछिल्लो २४ घण्टामा ४३१ डिस्चार्ज

-


     मर्दी न्युज    
     २७ असार २०७७ मा प्रकाशित


पोखरा, २७ असार । नेपालमा थप ७० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।


प्रवक्ता गौतमका अनुसार हालसम्म कुल २ लाख ७९ हजार ५ सय ९९ जनाको पीसीआर परीक्षण भएको छ । त्यसैगरी हालसम्म आरडीटी विधिबाट ३ लाख १२ हजार ४ सय २ जनाको परीक्षण भएको छ ।

त्यसैगरी क्वारेन्टाइनमा २४ हजार ९७ जना रहेका छन् । यस्तै आइसोलेसनमा ८ हजार २ सय ३९ जना संक्रमितहरु उपचाररत रहेका छन् । पछिल्लो २४ घन्टामा ४ सय ३१ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ८ हजार ४ सय ४२ पुगेको छ ।



Tags: