नेपालमा थप ३ जना कोरोना संक्रमणबाट मृत्यु

-


     मर्दी न्युज    
     २७ असार २०७७ मा प्रकाशित


फाइल तस्विर

पोखरा, २७ असार । नेपालमा थप ३ जना कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३८ पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा काठमाडौं जिल्ला शंखमुल १० का वर्ष ६० का असार २६ गते निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । उनी मिर्गौला रोगबाट पीडित थिए ।

त्यसै गरी गौतमका अनुसार दुई जनाको ललितपुरस्थित पाटन अस्पताल र एक जनाको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा मृत्यु भएको हो ।

गोकर्णेश्वर–४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्चोक पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको गौतमले बताए ।



Tags: