पोखरा, २७ असार । पोखरा महानगरपालिका वडा नम्बर २३ हर्पन खोला ड्याममा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवक आज पनि भटिएनन ।
शुक्रबार दिउँसो ४ बजेतिर बढेको ड्याममा नुहाउन पसेका पोखरा २७ घर भएका २१ वर्षीय प्रयुश गुरुङ आज पनि नभेटिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए ।
पोखरा १० रामबजार र पोखरा २६ लेखनाथका चार जना युवाहरु भएर ड्याममा पुगेको थिए । ति मध्ये दुई जना पौडी खेलेका थिए । त्यसै क्रममा डुबेका हुन् । तत्काल प्रहरी पुगेर खोजी कार्य सुरु गरेको थियो । अबेरसम्म नभेटिएपछि आज पनि उनको खोजी कार्य गरिएको हो ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको गोताखोरको टोलीले दिनभर खोजी गर्दा पनि उनी नभेटिएको प्रवक्ता हमालले जनाए ।