गण्डकीमा थप १५ जनामा कोरोना संक्रमण, निको हुने ७३६

-


     मर्दी न्युज    
     २८ असार २०७७ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना पुष्टि भएको छ । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय ९२ पुगेको छ ।

संक्रमित पुष्टि हुनेमा तनहुँका ६ जना, पर्वतका २, बागलुङका २, नवलपुरका १, स्याङ्जाका १, गोरखाका १ र लमजुङका २ जना रहेका छन् । उनीहरुलाई क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।


क्वारेन्टिनमा रहेको संक्रमितहरुलाई सम्वन्धित जिल्लाको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
आज थपिएका संक्रमितसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ११९२ पुगेको छ । त्यस्तै गण्डकी प्रदेशमा अहिलेसम्म निको भएर घर फर्कनेको संख्या ७३६ छ ।



Tags: