पोखरा, २८ असार । व्यायाम व्यवसायी संघ कास्कीले सुरक्षित तवरले व्यवसाय सञ्चालनको माग गर्दै ज्ञापन पत्र बुझाएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय अगाडि विभिन्न नारासहितको प्लेकार्डसहित संघले कास्की जिल्ला प्रशासनमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको हो ।
व्यायाम व्यवसायी संघ कास्कीको आव्हानमा जिम, फुटसल, जुम्बा तथा खेलकुद व्यवसाय आदिको सहभागिता रहेको थियो । व्यवसाय सञ्चालन गर्न नदिए सरकारलाई तालाचाबी बुझाउन बाध्य हुने व्यवसायीहरुले बताएका छन् ।
बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय अगाडि भेला भई गरिएको सभामा राष्ट्रिय खेलकुद परिषद्का निवर्तमान सदस्य राजेश गुरुङले स्वास्थ्यका लागि गरिने यस्ता गतिविधिहरुलाई सुरक्षित तवरले सञ्चालनमा ल्याउनु पर्ने बताए । उनले शारीरिक व्यायामबाट मानिस स्वास्थ्य बन्ने बताउँदै त्यसले अस्पताल धाउनेमा पनि कम गराउने धारणा राखे ।
तस्विरमा हेरौं व्यायाम व्यवसायी संघले आव्हान गरेको कार्यक्रममा सहभागीहरुः ।
सबै तस्विरः मनशान्त घिमिरे ।