एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय पनि कोरोनाभाइरसबाट संक्रमित भएकी छन् । ऐश्वर्यासँगै उनकी छोरी आराध्या पनि संक्रमित भएकी छन् ।
यसअघि शनिबार नै अमिताभ र अभिषेक दुबैको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको थियो । उनीहरु शनिबार नै अस्पताल भर्ना भइसकेका छन् । महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश तोपले जानकारी दिए अनुसार अमिताभको परिवारमा चार जनालाई कोरोना संक्रमण भएको छ ।
ऐश्वर्या र आराध्याको कोरोना रिपोर्ट आइतबार ३ बजे आएको हिन्दुस्तान टाइम्सले जनाएको छ । उनकी सासू जया बच्चनको भने नेगेटिभ आएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।अमिताभको परिवारमा चार जनालाई कोरोना भेटिएको जानकारी सार्वजनिक भएपछि उच्च अधिकारी तथा बलिउडकर्मीहरुले स्वास्थ्यलाभको कामना गरेका छन् ।