थप ८२ जनामा कोरोना संक्रमण, १४७ जना डिस्चार्ज

-


     मर्दी न्युज    
     २८ असार २०७७ मा प्रकाशित


पोखरा, २८ असार । नेपालमा थप ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

प्रवक्ता गौतमका अनुसार हालसम्म कुल २ लाख ८३ हजार ५ सय १५ जनाको पीसीआर परीक्षण भएको छ । त्यसैगरी हालसम्म आरडीटी विधिबाट ३ लाख १२ हजार ४ सय २ जनाको परीक्षण भएको छ ।

त्यसैगरी क्वारेन्टाइनमा २३ हजार ७ सय ८४ जना रहेका छन् । यस्तै आइसोलेसनमा ८ हजार १ सय ७४ जना संक्रमितहरु उपचाररत रहेका छन् । पछिल्लो २४ घन्टामा १ सय ४७ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ८ हजार ५ सय ८९ पुगेको छ ।



Tags: