भारतीय च्यानलको प्रतिबन्ध तत्काल नहटाउन सञ्चारमन्त्री खतिवडाको आग्रह

-


     मर्दी न्युज    
     २८ असार २०७७ मा प्रकाशित


काठमाडौं । सरकारले भारतीय न्यूज च्यानलमा लगाएको प्रतिबन्ध तत्काल नहटाउन आग्रह गरेको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)लाई यस्तो आग्रह गरेको हो ।

पछिल्लो समय नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीबारे भ्रमक र आपत्तिजनक समाचार प्रसारण गरेपछि एमएसओहरुले २५ असारमा केही भारतीय भारतीय न्यूज च्यानलहरुको नेपालमा प्रशारण रोकेका थिए । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री डा. युवराज खतिवडाले मिडिया सोसाइटीका प्रतिनिधिहरुसँग भएको भेटमा यो प्रतिबन्ध तत्काल नहटाउन आग्रह गरेका हुन् ।