पोखरा, २९ असार । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले गण्डकी प्रदेशसभाले पारित गरेको विनियोजन विधेयक–२०७७ प्रमाणिकरण गर्नुभएको छ ।
सभामुख नेत्रनाथ अधिकारीले प्रमाणित गरी पठाउनुभएको सो विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख शेरचनले प्रमाणिकरण गर्नुभएको हो ।