मेहेनती घले गाउँवासीहरु

-


     मर्दी न्युज    
     २९ असार २०७७ मा प्रकाशित


फोटोः गंगा घले

कोरोना भाइरस (कोभिड-१९) को विश्वव्यापी महामारीको कारण नेपाल सरकाले चैत्र महिनावाट लकडाउन (बन्दाबन्दी) गरेसँगै त्यसको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा पनि परेको छ । परम्परागत कृषि तथा पशुपालनको लागि प्रशिद्ध लमजुंग जिल्लाको सुन्दर गाउँ घलेगाउँ विगत केहि बर्ष अगाडि वाट दक्षिण एशियाकै नमुना घरबास (होमस्टे) का लागि प्रख्यात छ ।

फोटोः गंगा घले

मनास्लु तथा अन्नपूर्ण हिम श्रृंखलाहरुको मनमोहक दृश्य, गुजुमुच्च परेको सुन्दर गुरुङ गाउँ, संस्कृति तथा अतिथि सत्कार, संरक्षण गरेर राखिएका बनजंगल हरियाली अनि शितल हावापानीका कारण घलेगाउँले प्रशिद्धि कमाएको छ ।

फोटोः गंगा घले

हाल स्मार्ट भिलेज उपनाम वाट परिचित घलेगाउँमा लकडाउन भन्दा अगाडि आन्तरिक तथा वाह्य पर्यटको घुँइचो लाग्थ्यो । पर्यटकको आगमन ठप्प भएपछि परिश्रमी घलेगाउँ बासीहरु पुनः खेतिपाती तथा पशुपालनमा ब्यस्त हुन थालेका छन् ।

फोटोः गंगा घले