सांकेतिक तस्विर
स्याङ्जा, ३० असार । अविरल वर्षासँगै स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घामा झरेको पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ, ३ जना बेपत्ता भएका छन् ।
विहान साढे ९ बजे बाटोमा हिँडिरहेका बेला पहिरो खस्दा स्थानीय ७० वर्षका इमानसिंह रानाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै पहिरोमा परी अन्य ३ जना प्रेम चन्द्र पाण्डे, टीका थापा र गिमानसिँह थापा बेपत्ता छन् ।
पहिरोमा पुरिएका २ जनाको उद्धार गरी उपचारका लागि पाल्पाको मिसन अस्पताल पठाइएको छ । हराएकाहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै वर्षासँगैको पहिरोका कारण पुतलीबजार नगरपालिका १ मा एक जना गम्भिर घाइते भएको प्रहरीले जनाएका छन् ।