पोखरा, ३० असार । नेपालमा थप एक सय १६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६८ जनाको पीसीआर परीक्षण गरिएको छ । योसँगै हालसम्म कुल २ लाख ९३ हजार ७ सय ३९ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी क्वारेन्टाइनमा २४ हजार ७ सय १६ जना रहेका छन् । यस्तै आइसोलेसनमा ६ हजार ६ सय ९५ जना संक्रमितहरु उपचाररत रहेका छन् । पछिल्लो २४ घन्टामा ३४ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १० हजार २ सय ९४ पुगेको छ ।