पोखरा । गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र जनस्वास्थ्य प्रयोगशाला, हेटौडा गरिएको परिक्षणमा कास्की पोखरा महानगरपालिकाका २ जना पुरुष र नवलपुर मध्यविन्दु नगरपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ सय ३ पुगेको छ ।
संक्रमित व्यक्तिहरु सबैलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षामा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।
यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ८७५ पुगेको छ ।