हराएका दुई जना भेटिएनन्, गाडी निकालियो, घाइतेको अवस्था सामान्य

-


     मर्दी न्युज    
     ३० असार २०७७ मा प्रकाशित


काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले काठमाडौँमा पानी ल्याउन बनाएको सुरङको ढोका एक्कासि फुट्दा बेपत्ता भएका दुई जना अझै फेला पर्न सकेका छैनन् ।

परीक्षणका क्रममा रेहेका सुरुङको १७ नम्बर गेटमा अडिट च्यालन मुख्य सुरुङमा जाने सहायक सुरुङमा पानीको प्रेसरले एकैपटक ढोका फोडेपछि सो सुरुङको जाँच गर्न गाडीमा गएका चार जनामध्ये दुई जनाको काठमाडौँको ग्र्याण्डी अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको मेलम्ची खानेपानी आयोजनाका सञ्चारविज्ञ निमेश रेग्मीले बताए ।

हराइरहेकामा मेलम्ची आयोजनाका चालक काठमाडौँ भैँसेपाटीका राधाकृष्ण मगर र सिनो हाइड्रोका इञ्जिनियर जनकपुरका सतिषकुमार गोइत रहेका छन् ।

त्यस्तै घाइते हुनेमा सिनो हाइड्रोका साइट इञ्जिनियर शेखर खनाल र साइट इन्चार्ज पेम्बा दोर्जे लामा रहेका छन् । पानीले एकै पटक गेट भत्काएपछि गाडी अडिट टनेलबाट उच्छिटिएर मेलम्ची नदीमा पुगेको र गाडीलाई नदीबाट निकालिए पनि हराइरहेकालाई फेला पार्न सकिएको छैन ।
– गोरखापत्र अनलाइन