कोरोना संक्रमितको संख्या विश्वमा १ करोड ३२ लाखभन्दा बढी

-


     मर्दी न्युज    
     ३१ असार २०७७ मा प्रकाशित


पोखरा । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एक करोड ३२ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ३२ लाख ७३ हजार ५ सय ३७ पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको पहिलो नम्बरमा अमेरिका छ । अमेरिकामा हालसम्म संक्रमितको संख्या ३४ लाख २६ हजार ५३ पुगेको छ । अमेरिका पछि दोस्रो नम्बरमा रहेको ब्राजिलमा संक्रमितको संख्या १९ लाख २६ हजार ८ सय २४ पुगेको छ ।

त्यस्तै तेस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या ९ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको अनुसार बुधवार बिहानसम्म भारतमा कोरोना संक्रमितको संख्या ९ लाख ६ हजार ५ सय ५२ पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ७७ हजार ६ पुगेको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कारण सबैभन्दा धेरै नागरिक गुमाउनेमा अमेरिका पहिलो नम्बरमा छ । अमेरिकामा हालसम्म कोरोना संक्रमणका कारण १ लाख ३६ हजार ४ सय ५८ जनाको ज्यान गएको छ । त्यस्तै अमेरिका पछि ब्राजिलमा संक्रमणका कारण ७४ हजार एक सय ३३ जनाको मृत्यु भएको छ ।

विश्वभर कोरोना निको हुनेको संख्या ७३ लाख ६७ हजार एक सय १९ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।



Tags: