गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण, ९२५ डिस्चार्ज

-


     मर्दी न्युज    
     ३१ असार २०७७ मा प्रकाशित


पोखरा, ३१ असार । गण्डकी प्रदेशमा बुधवार थप २५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ हजार २ सय २८ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा, भरतपुर अस्पताल, चितवन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा प्रदेशमा २५ जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

संक्रमितहरुमा म्याग्दीमा ९, तनहुँमा ३, नवलपुरमा ११, गोरखा र कास्कीमा १÷१ जना गरी २५ जना रहेको निर्देशक डा शर्माले बताए ।

म्याग्दीको बेनी नगरपालिकाका ३ पुरुष, मालिकाका ४ पुरुष, रघुगंगा र मालिकाका १÷१ पुरुषामा संक्रमण देखिएको हो । त्यस्तै तनहुँको आँबुखैरेनीका १ पुरुष, भीमादका २ पुरुषमा कोरोना पुष्टि भएको हो ।

नवलपुरको कावासोतीका २ पुरुष, बुलिङटारका ८ पुरुष र १ महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । त्यस्तै गोरखाको गोरखा नगरपालिकामा १ र कास्कीको पोखरा महानगरपालिकामा १ पुरुषमा पनि कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।

संक्रमित सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशक डा. शर्माले जनाए ।

यसैगरी गण्डकी प्रदेशमा हालसम्म कोरोनको संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ९ सय २५ पुगेको छ ।



Tags: