दुई अध्यक्षबीचको बार्ता सम्पन्न, सहमतिको प्रयास जारी राखिने

-


     मर्दी न्युज    
     ३१ असार २०७७ मा प्रकाशित


काठमाडौं । विवाद समाधान खोज्‍न भन्दै दिनहुँ छलफल गर्दै आएका नेकपाका दुई अध्यक्षबीच बुधबार पनि कुनै सहमति जुट्न सकेन । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा करिब तीन घण्टा छलफल भएपनि कुनै ठोस सहमति नभई दाहाल बाहिरिएका छन् ।

दुई अध्यक्षबीचको छलफलमा केही समय महासचिव बिष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए । अध्यक्षद्वयबीच छलफल सकारात्मक भए पनि कसरी सहमति गर्ने भन्ने टुंगो नलागेको बालुवाटार स्रोतले जनाएको छ ।

वार्ता सकारात्मक रुपले अघि बढेकाले सहमतिको प्रयास जारी राख्नेगरी आजको बैठक सकिएको अध्यक्षद्वयका सचिवालयले जानकारी गराएको छ ।