पोखरा, ३१ असार । नेपालमा थप १ सय १६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ९० जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल २ लाख ९८ हजार ८ सय २९ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी बुधवारसम्म क्वारेन्टाइनमा २४ हजार ५ सय २७ जना रहेका छन् । यस्तै आइसोलेसनमा ६ हजार १ सय १३ जना संक्रमितहरु उपचाररत रहेका छन् । पछिल्लो २४ घन्टामा ६ सय ९७ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ११ हजार २५ पुगेको छ ।