फाइल तस्विर
पोखरा, ३१ असार । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बुधवार थप १ को मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधवार थप एक जनाको मृत्यु भएसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३९ पुगेको हो ।
रौतहटको पर्वाह नगरपालिका– ७ का ३६ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।
उनका दाजुको भारतको बैंङ्ग्लोरमा कोरोनाका कारण मृत्यु भएको थियो । दाजुको अन्त्यष्टिमा सहभागि भई नेपाल फर्किएका उक्त युवक असार २४ गतेबाट आइसोलेसनमा बसेका थिए । असार २९ गते रुघा खोकी, ज्वरोले च्यापेर नारायणी अस्पतालमा भर्ना भएका उनमा आजै कोरोना पोजिटिभ देखिएको प्रवक्ता गौतमले बताए ।
नारायणी अस्पतालको आइसीयूमा उनको बुधबार निधन भएको हो।