पोखरा । सशस्त्र प्रहरी बल तालिम केन्द्र पोखरामा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी राजेन्द्र अधिकारी बलात्कार आरोपमा बुधवार प्रक्राउ परेका छन् ।
लामापाटनस्थित आफ्नै क्वाटरमा बोलाएर एसएसपी अधिकारीले आफूमाथि बलात्कार गरेको पीडित महिलाले प्रहरीलाई फोनमार्फत जानकारी गराएपछि तत्काल नेपाल प्रहरीको टोलीले अधिकारीलाई नियन्त्रणमा लिएको कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए । बुधबार आफ्नै निवासमा एक महिलालाई बोलाएर बलात्कार गरेको ति महिलाको आरोप रहेको छ ।
पिडित महिलालाई स्वास्थ्य परीक्षण गर्न पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ । प्रहरीले एसएसपी अधिकारीलाई नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान सुरु गरिएको कास्की प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए ।