पोखरा, ३१ असार । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण गर्नुभएको छ ।
नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम गण्डकी प्रदेश प्रमुख शेरचनले बुधबार सो विधेयक प्रमाणिकरण गर्नुभएको जनाइएको छ । यसअघि, सो विधेयक गण्डकी प्रदेशसभाबाट पारित भइ सभामुख नेत्रनाथ अधिकारीले प्रमाणित गर्नुभएको हो ।