काठमाडौं । बुधबार रातिको अविरल वर्षापछि खकुण्डोलमाथिबाट आएको पहिरोले भोटेकोसी गाउँपालिका–४ फुल्पिङकट्टीमा ५ जना बेपत्ता भएका छन् । राति १ बजेतिर आएको पहिरोले दुई वटा घर बगाएको छ भने विद्यालयसहित फुल्पिङकट्टी गाउँमा ठूलो क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलका अनुसार पहिरोमा परी फुल्पिङकट्टी गाउँकै ग्याल्जेन शेर्पाको परिवारका ५ जना सदस्य बेपत्ता भएका छन् । फुल्पिङकट्टीकै स्थानीय नोर्साङ शेर्पाको घरसहित पञ्चकन्या आधारभूत विद्यालय पनि पहिरोमा परी भत्किएको उनले जानकारी दिए ।
यसअघि केही दिनअघि भोटेकोसीमा आएको बाढी र पहिरोका कारण कोदारी राजमार्ग अबरुद्ध भएका कारण उद्धारका लागि सुरक्षाकर्मी अझै घटनास्थलमा पुग्नसकेको छैन ।