फुल्पिङकट्टी पहिरो : एक जनाको शव फेला, चार अझै बेपत्ता [अपडेट]

-


     मर्दी न्युज    
     १ साउन २०७७ मा प्रकाशित


सिन्धुपाल्चोक । गएराति अविरल वर्षाका कारण पहिरो आउँदा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा झरेको पहिरोमा परेकाको परिचय खुलेको छ ।

सोही पहिरोमा पुरिएकामध्ये एक जनाको शव फेला परेको छ । पहिरोले बगाएको घरछेउमै शव भेटिए पनि कसको हो भन्ने पहिचान भइनसकेको गाउँपालिका प्रमुख राजकुमार पौडेलले बताए । घरछेउमै भेटिएकाले पक्कै परिवारकै ५ जनामध्ये एकको भएको उनले बताए ।

पहिरोमा परी बेपत्ता हुनेमा एकाघरका वर्ष १६ का याङ्जी शेर्पा, वर्ष १४ का छिरिङवागु शेर्पा, वर्ष ७५ का सुमवुट्टी शेर्पा, वर्ष ३५ का साङ्बु शेर्पा र वर्ष ४० का सेमङ शेर्पा रहेका छन् । पहिरोले एउटा स्कूलमा पनि क्षति पु¥याएको गाउँपालिका अध्यक्ष पौडेलले जानकारी दिए।

उद्धारका लागि घटनास्थलमा प्रहरी अझै पुग्न सकेको छैन।