नेकपाका तीन शीर्ष नेताबीच बालुवाटारमा वार्ता

-


     मर्दी न्युज    
     १ साउन २०७७ मा प्रकाशित


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद टुंगो लगाउन शीर्ष नेताहरु निर्णायक छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँगै बरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी छन् । बुधबारको छलफलमा प्रचण्डले माधव नेपालसहित बसेर सहमति गर्ने प्रस्ताव राखेका थिए ।

बालुवाटारमा दिउँसो १२ बजेदेखि शुरुभएको वार्तामा आज ठोस सहमति आउन सक्ने विश्वास नेताहरुले गरेका छन् । भोलि शुक्रबार नेकपाको स्थायी कमिटी बैठक आव्हान गरिएकाले केही न केही ठोस सहमति गर्ने प्रयास अध्यक्षद्वयको छ ।

वरिष्ठ नेता नेपालले एक व्यक्ति एक पदको विचार अघि सारेका छन् । उनको पक्षमा अध्यक्ष प्रचण्डले पनि सहमति जनाएका छन । तर प्रधानमन्त्री ओली अहिले आफूले राजिनामा दिनुपर्ने ‘औचित्य पुष्टि’ नहुनेभन्दै अन्य विषयमा सहमति गर्नुपर्ने बताउँदै आएको एक नेताले बताए ।

प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईकाअनुसार बैठक बालुवाटारमा १२ बजेदेशि शुरुभएको छ । दुई अध्यक्षसहित वरिष्ठ नेता नेपाल वार्तामा सहभागी हुनुभएपछि आज केही न केही सहमति बन्ने विश्वास नेताहरुमा पलाएको उनले बताए ।