विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ३७ लाख नाघ्यो

-


     मर्दी न्युज    
     २ साउन २०७७ मा प्रकाशित


पोखरा । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एक करोड ३७ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार शुक्रवार बिहानसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ३७ लाख ४४ हजार ७ सय ४३ पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देश पहिलो नम्बरमा अमेरिका छ । अमेरिकामा हालसम्म संक्रमितको संख्या ३५ लाख ६३ हजार ८ सय ४८ पुगेको छ । अमेरिका पछि दोस्रो नम्बरमा रहेको ब्राजिलमा संक्रमितको संख्या २० लाख १२ हजार १ सय ५१ पुगेको छ ।

त्यस्तै तेस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या ९ लाख ६८ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको अनुसार शुक्रवार बिहानसम्म भारतमा कोरोना संक्रमितको संख्या ९ लाख ६८ हजार ८ सय ७६ पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ८८ हजार ३ सय ८३ पुगेको छ ।
विश्वभर कोरोना निको हुनेको संख्या ७६ लाख ७० हजार ४ सय ८२ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।



Tags: